खेल

बंगलादेश ६४ रनमै अलआउट, स्टार्कको घातक बलिङ

अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पाहुना टोली बंगलादेश मात्र ६४ रनमा अलआउट भएको छ।  

म्याकायमा जारी खेलमा घरेलु टोलीले उत्कृष्ट बलिङ गरेपछि बंगलादेशको ब्याटिङ धराशायी भएको हो। बंगलादेशका लागि ११औँ नम्बरमा ब्याटिङमा आएका शोरिफुल इस्लामले सर्वाधिक १४ रन जोड्न बाहेक अन्य ब्याटरले उत्कृष्ट प्रर्दशन गर्न सकेनन्।

घरेलु टोलीका लागि मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा १२ रन खर्चेर ६ विकेट हात पारे। कप्तान प्याट कमिन्सले पनि महत्वपूर्ण तीन विकेट लिए। स्टार्कले सुरुवातमै बंगलादेशको शीर्ष क्रमलाई दबाबमा राखेका थिए।

बंगलादेशलाई सस्तैमा समेटेपछि अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्सको ब्याटिङसमेत सुरु गरिसकेको छ। अब घरेलु टोलीको लक्ष्य पहिलो इनिङ्समै बलियो अग्रता बनाउँदै खेलमा आफ्नो पकड मजबुत बनाउने रहेको छ।

यसअघि भएको पहिलो टेस्टमा बंगलादेशले अष्ट्रेलियालाई नौ विकेटले पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो। त्यसैले दोस्रो टेस्टमा अष्ट्रेलिया पहिलो खेलको हारको बदला लिँदै दुई खेलको सिरिज बराबरी गर्ने लक्ष्यमा छ।

प्रकाशित: ६ भाद्र २०८३ ०९:४२ शनिबार