खेल

अस्मिता उत्कृष्ट रेफ्री

 तेक्वान्दोकी अन्तराष्ट्रिय रेफ्री अस्मिता खड्का क्यानडा ओपन तेक्वान्दो जी टु च्याम्पियनसिपअन्तर्गत पुम्से विधामा उत्कृष्ट रेफ्री भएकी छन्।

विश्व तेन्वान्दो महासंघको कार्यक्रमअनुसार क्यानडा तेक्वान्दो संघको आयोजनामा क्यानाडाको क्यालगरी, विनास्पोर्टको कभर्डहलमा भएको प्रतियोगिताको पुम्सेमा अस्मिता उत्कृष्ट निर्णायक घोषित भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन्।

फेब्रुअरी २६ देखि सुरु भएको उक्त प्रतियोगिता शनिबार सम्पन्न हुनेछ। सदस्य लामाका अनुसार प्रतियोगितामा २७ राष्ट्रका कुल ६ सय ७९ खेलाडी सहभागी छन्। अस्मिताले १३औं दक्षिण एसियाली खेलकुदको पेम्सेमा कांस्य पदक जितेका थिइन् भने १८औं एसियाली खेलकुदलगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिइन्।

हाल नेपाल एपिएफ क्लबमा प्रशिक्षकको रूपमा कार्यरत अस्मिताले विभिन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छन्।

प्रकाशित: १६ फाल्गुन २०८२ ०८:१९ शनिबार