युएईविरुद्धको सुपर-६ को महत्त्वपूर्ण खेलमा अर्धशतकीय पारी खेलेका नेपालका ओपनर आसिफ शेख आउट भएका छन्।
सानदार ब्याटिङ गर्दै नेपाली इनिङ्सलाई सम्हालेका आसिफ ५१ रन बनाएर पेभेलियन फर्किएका हुन्।
आउट हुनुअघि उनले ४७ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे। उनी आउट हुँदा नेपालले १६ ओभरमा ३ विकेटको क्षतिमा १०३ रन बनाएको छ।
एक छेउबाट विकेट टिकाइरहेका आसिफको विकेट पतनसँगै नेपाललाई तेस्रो तथा ठूलो झट्का लागेको छ।
अब अन्तिम ओभरहरूमा नेपालले सम्मानजनक स्कोर बनाउने जिम्मा कुशल मल्ल र दिपेन्द्रको काँधमा आएको छ।
प्रकाशित: २६ आश्विन २०८२ १७:३४ आइतबार