आइसिसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम जारी खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक पुरा गरेका छन्।
उनले ३१ बलमा ५४ रन बनाए।३१ बल फेस गरेका उनले६ चौका र ३ छक्का समेत प्रहार गरे।
नेपालले अहिले एक विकेट गुमाएर ८० रन बनाएर खेलिरहेको छ।
नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । नेपालले आज सामोआलाई हराएमा आइसिसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्ने छ।
प्रकाशित: ३१ आश्विन २०८२ १६:५२ शुक्रबार