एसियाली खेलकुद प्रतियोगितामा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ।
जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनायो।
अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाउँदा नान्गेलिया खान १७ रन जाडे। यी बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ ओभरमा १ मेडन सहित मात्र २१ रन दिएर ४ विकेट लिए। ललितले ४ ओभरमा १३ रन दिएर ३ विकेट हात पारे।
नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ।
प्रकाशित: ९ आश्विन २०८३ १२:२७ शुक्रबार