खेल

विनोद भण्डारीको शानदार ब्याटिङमा आर्मीले ३६२ रन बनायो

जारी प्रधानमन्त्री कपमा कप्तान विनोद भण्डारीको शानदार ब्याटिङमा आर्मीले बनाएको ३६२ रन बनाएको छ।  

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा कोशी प्रदेशसँग टस हारेर पहिले  ब्याटिङ गरेको आर्मीले निर्धारीत ५० ओभरमा ८ विकेटको क्षतिमा ३६२ रन बनाएको हो।

उसका लागि कप्तान भण्डारीले १५० बलमा २१ चौका र ५ छक्काको प्रहार गर्दै १८९ रन बनाए। जारी प्रतियोगीतामा उनको यो दोस्रो शतक हो।

आर्मीका लागि भीम सार्कीले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ६५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए। यस्तै, तृतले राज दासले ३३ रन जोड्दा जितेन्द्र ठकुरीले ३१ रन थपे।

कोशीका लागि विपिन महतोले सर्वाधिक ३ विकेट लिए। दिपेश कंडेल, रोहन साह र आशिष मगरले १–१ विकेट हात पारे।

प्रकाशित: ३० चैत्र २०८२ १३:३७ सोमबार