खेल

पिएम कपमा अर्जुनको कीर्तिमानी ब्याटिङ

जारी प्रधानमन्त्री क्रिकेट प्रतियोगिता (पिएम) कपमा गण्डकी प्रदेशका ओपनर अर्जुन कुमालले कीर्तिमान बनाएका छन्।  

उनी पिएम कपको एउटै संस्करणमा ५०० रन पूरा गर्ने पहिलो ब्याटर बनेका छन्। जारी प्रतियोगितामा उनी सबैभन्दा बढी रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्।  

अजुर्नले ९ खेल खेलेकोमा ५०४ रन बनाएका छन्। यसअवधिमा उनले २ शतक र २ अर्धशतक समेत प्रहार गरेका छन्।  

उनी पछि दोस्रो स्थानमा एपीएफ क्लबका ओपनर आशिफ शेख रहेका छन्। आशिफले ४५७ रन बनाएका छन्। उनले मधेस प्रदेशविरुद्ध दोहोरो शतक बनाएका थिए।

प्रकाशित: १ वैशाख २०८३ १७:२७ मंगलबार