वेस्ट इन्डिजविरुद्ध श्रृंखलाको तेस्रो खेलमा आज नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ। प्लेइङ–११ मा आज आरिफ शेख, लोकेश बम, शाहब आलमलाई मौका दिइएको छ।
उनीहरुलाई मौका दिँदा आशिफ शेख, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई आराम दिइएको छ।
तीन खेलको श्रृंखला नेपालले अघिल्ला दुई खेलमा सुखद नतिजा निकाल्दै जित निकालीसकेको छ। आजको खेल पनि जितेर ऐतिहासिक श्रृंखला क्लिनस्वीप गर्ने नेपालको योजना छ।
प्रकाशित: १४ आश्विन २०८२ २०:१३ मंगलबार