खेल

काठमाडौंलाई अर्को झड्का, रुबेनले लिए विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले खराब सुरुवात गर्दै दोस्रो विकेट पनि गुमाएको छ।

टस जितेर ब्याटिङ गरिरहेको काठमाडौंले इनिङ्सको तेस्रो ओभरको पहिलो बलमै दोस्रो विकेट गुमाएको हो।

लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पेलम्यानले काठमाडौंका ब्याटर सन्नी पटेललाई एलबीडब्लूको धरापमा पार्दै पेभिलियन फर्काए।

पटेलले ६ बलको सामना गर्दै १ छक्काको मद्दतमा ७ रन बनाएर आउट भए।

ताजा अवस्थामा काठमाडौंले २ विकेटको क्षतिमा १४ रन बनाएको छ। अहिले क्रिजमा बेन चार्ल्सवर्थ र मिलिन्द कुमार रहेका छन्।

प्रकाशित: २४ मंसिर २०८२ १६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App