नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले फेरि अर्को ‘डाइरेक्ट हिट’मार्फत् रनआउट गरेका छन्। दीपेन्द्रले चितवन राइनोजका ओपनर डेभिड मलानलाई ‘डाइरेक्ट हिट’मार्फत रनआउट गरेका हुन्।
इनिङको तेस्रो ओभरमा बलिङमा आएका दीपेन्द्रले मलानलाई बल फालेका थिए। उनको बल खेलेर मलानले एक रन लिने प्रयास गरे। त्यही बेला दीपेन्द्र बलसम्म पुगेर थ्रोइङ गर्दै डाइरेक्ट हिट गर्न सफल भए।
त्यसपछि पनि चितवनले छिटोछिटो थप दुई विकेट गुमायो। उसले पावरप्ले(०–६) ओभरमै ३ विकेट गुमाइसकेको छ। चितवनका अर्का ओपनर अर्जुन साउँद र सैफ जैब पनि आउट भइसकेका छन्।
पावरप्लेको खेल सकिँदा चितवन तीन विकेट गुमाउँदै ३६ रनको स्थितिमा छ। उसले १७० रनको लक्ष्य पछ्याइरहेको छ।
प्रकाशित: १८ मंसिर २०८२ १८:४१ बिहीबार