खेल

कीर्तिमान नजिक रहेका अन्जन भन्छन्: यो गोल गर्ने उत्कृष्ट समय हो

नेपाली राष्ट्रिय फुटबल टोलीका फरर्वाड अन्जन विष्टले बंगालदेशविरुद्ध गोल गर्न आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलको कीर्तिमान नजिक रहेका विष्टले सन् २०२३ को अक्टोबरमा नै आफ्नो गोल संख्या १३ पुर्याएपनि सो पछि गोल गर्न सकेका छैनन्। उनले लाओसविरुद्धको उक्त खेलमा हरि खड्का र निराजन रायमाझीको सर्वाधिक १३ गोलको बराबरी गरेका थिए।  

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलअघि मगंलबार प्रशिक्षणको क्रममा सन्चारकर्मीसँग बोल्दै उनले नेपालका लागि लामो समय गोल नगरेको र अबको समय उत्कृष्ट रहेको बताए। उनले भने, 'म खासै गोलमा प्रेसर राख्ने मान्छे त हैन, तर धेरै समय भयो नेपालबाट गोल नहानेको, मलाइ लाग्छ यही नै बेस्ट टाइम हो।'

बंगलादेशविरुद्ध एकमात्र गोल गर्न सके अन्जनले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीमा आफूलाई शीर्षमा पुर्याउनेछन्।  

नेपाली टोली अहिले बंगालदेशविरुद्धको खेलेका लागि प्रशिक्षणमा छ। नेपालले आउँदो शनिबार र मंगलबार (भदौ २१ र २४ गते) दशरथ रगंशालमा बंगालदेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्दैछ।  

दशरथ रगंशालामा खेल्न पाउँदा एकदमै उत्साहित रहेको अन्जनले बताए। उनी भन्छन्, 'दशरथ रगंशालामा खेल्न पाउँदाको खुशी म भन्नै सक्दिँन, सबै जना यहाँ खेल्न उत्साहित छौँ। हामीले हाम्रो वेष्ट दिने भनेर प्रशिक्षण गरिरहेका छौं।'

प्रकाशित: १७ भाद्र २०८२ १२:५५ मंगलबार