खेल

एन्फामाथिकाे निलम्बन फुकुवा : राखेप

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई लगाएको निलम्बन फुकुवा गरेको छ।  

गत चैत ११ गते राखेपले एन्फालाई तीन महिनाको लागि निलम्बित गरेको थियो। राखेपले एन्फालाई लगाएकाे प्रतिबन्ध शुक्रबार फुकुवा गरेको हो।

शिक्षा तथा खलकुद मन्त्री सस्मित पोखरेल, खेलकुद सल्लाहकार सिद्दी ब्यन्जनकार, परिषदका सदस्यसचिव रामचरित्र मेहता, एन्फका महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र प्रवक्ता सुरेश शाह लगायतको उपस्थितिमा सहमति निस्किएपछि निलम्बन फुकुवा गरिएकाे हाे।

प्रकाशित: १ जेष्ठ २०८३ १४:५० शुक्रबार