खेल

'ए' डिभिजन लिगलाई होम एण्ड अवेमा सञ्चालन गर्ने एन्फाको योजना

अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' डिभिजन लिगलाई होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ।  

आइतबार सातदाेबाटो स्थित एन्फा कम्लेप्कसमा 'ए' डिभिजन लिगका क्लबहरू र एन्फाबिच 'ए' डिभिजन प्रतियोगिताको बारेमा छलफल भएको थियो।

सोही छलफल कार्यक्रममा एन्फामा महासचिव किरण राईले लिग २०८२ पुष ९ गतेदेखि सुरु गर्न प्रस्ताव राख्दै यसलाई होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने  योजना रहेको बताए।

यसका साथै, उनले लिगको मोडालिटी, मार्केटिङ र अन्य व्यवस्थापन पक्षबारे पनि विस्तृत प्रस्ताव अघि सारे। एन्फाको प्रस्तावलाई सहभागी क्लबहरूले सकारात्मक रुपमा लिएका छन्।

'ए' डिभिजन लिग पछिल्लो पटक २०७९/८० मा आयोजना भएको थियो।

प्रकाशित: १६ भाद्र २०८२ १२:०७ सोमबार