खेल

एनपीएल: पहिलो खेलको सम्पूर्ण आम्दानी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलबाट उठेको सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेको छ।

हालैको जेन-जी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिपछिको पुनर्निर्माण र राहतमा सघाउने उद्देश्यले क्यानले यस्तो निर्णय लिएको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका सचिव पारस खड्काले यसबारे जानकारी दिएका हुन्। उनले भने, ‘एनपीएलको पहिलो खेलमा टिकट बिक्रीबाट उठेको सबै रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्यानले निर्णय लिएको छ।’

दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ। प्रतियोगिताको पहिलो खेलको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आम्दानी जेन-जी आन्दोलनका पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रयोग गरिनेछ।

प्रकाशित: २ आश्विन २०८२ १७:५२ बिहीबार