खेल

अलराउन्डर अदिलमाथि लगाए सबै फ्रेन्चाइजले बोली

म्याच फिक्सिङका कारण प्रतिबन्धमा परेका अलराउन्डर मोहम्मद आदिल आलममाथि सबै टोलीले बोली लगाएका छन्।

दोस्रो संस्करणको अक्सनमा उनीमाथि सबै फ्रेन्चाइज टोलीले बोली लगाएका हुन्। सबै फ्रेन्चाइज टोलीले अधिकतम् १५ लाख बोली लगाएपछि ‘ड्र’ भएको हो।

उनी लक्की ड्रमार्फत काठमाडौं गोर्खाजमा पुगे। गत वैशाखमा मात्र उनी प्रतिबन्धबाट फुकुवा भएका थिए।

प्रकाशित: २४ श्रावण २०८२ २०:३२ शनिबार