नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका अनिल साहले उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।
१७७ रनको लक्ष्य पछ्याइरहेको जनकपुरलाई सहज जिततर्फ डोर्याउन साहले जिम्मेवारीपूर्ण र आक्रामक इनिङ खेलेका हुन्।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल साहले संयमित हुँदै इनिङ अगाडि बढाए र मात्र २८ बलमा आफ्नो अर्धशतक पूरा गरे। उनी हाल २९ बलमा ३ चौका र ३ छक्कासहित ५४ रन बनाएर अविजित खेलिरहेका छन्।
यसअघि ओपनर माज सदाकतले पनि विष्फोटक ब्याटिङ गर्दै ३० बलमा ६३ रन बनाएर आउट भए। दोस्रो विकेटका लागि माज र अनिलबीच ७९ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। माज आउट भएपछि अनिलले इनिङ सम्हालिरहेका छन्।
अनिल र माजको अर्धशतकको मद्दतले जनकपुर बोल्ट्स जितको निकै नजिक पुगेको छ। १४.१ ओभरको खेल सकिँदा जनकपुरले २ विकेटको क्षतिमा १४८ रन बनाएको छ।
अब जनकपुरलाई खेल जित्न अन्तिम ३५ बलमा मात्र २९ रन आवश्यक छ।
क्रिजमा अनिल साहलाई साथ दिन जान निकोल लोफ्टी–इटन रहेका छन्।
प्रकाशित: १६ मंसिर २०८२ १४:४१ मंगलबार