खेल

एएफसी यू–१७ महिला कप छनोट : नेपाल पहिलो हाफमै थाइल्यान्डसँग ७–० ले पछि

एएफसी एसियन यू–१७ महिला कप छनोट अन्तर्गतको समूह ‘एफ’ को खेलमा नेपाल घरेलु टोली थाइल्यान्डविरुद्धको पहिलो हाफमा ७–० ले पछि परेको छ।  

शुक्रबार चोनबुरी रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा थाइल्यान्डकी कुरिसारा लिम्पावानिचले ‘ह्याट्रिक’ प्रहार गरेकी छन्।

थाइल्यान्डका लागि मोन्थिडा नुम्नुआनले दुई गोल गर्दा, कप्तान चार्लोट सिटिप्रसन र पट्टारामोन स्याङ्ताले समान एक–एक गोल गरेकी छन्।

खेलको ५औँ मिनेटमा नुम्नुआनले थाइल्यान्डलाई अग्रता दिलाएकी थिइन । ७औँ मिनेटमा लिम्पावानिचले अग्रतालाई दोब्बर बनाइन्।

१२औँ मिनेटमा स्याङ्ताले गोल गर्दै स्कोर ३–० बनाइन्। १७औँ मिनेट नुम्नुआनले व्यक्तिगत दोस्रो गोल थपिन्। १९औँ मिनेटमा  सिटिप्रसनले अग्रतालाई ५–० पुर्‍याइन्। ३१औँ र ३७औँ मिनेटमा लिम्पावानिचले क्रमशः दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

नेपाल समूहको शीर्ष स्थानमा पुग्न र सन् २०२६ मा चीनमा हुने एएफसी एसियन यू–१७ महिला कपमा स्थान बनाउन थाइल्यान्डसँग जित आवश्यक छ।

थाइल्यान्डले भने आफ्नो अपराजित यात्रा कायम राख्ने प्रयास गर्नेछ। समूह विजेताले मात्र आगामी प्रतियोगितामा स्थान बनाउने भएकाले नेपालमा दबाब उच्च छ।

प्रकाशित: ३१ आश्विन २०८२ १८:३० शुक्रबार