खेल

एएफसी यू-१७ महिला एसियन कप छनोट : नेपालले तुर्कमेनिस्तानको सामना गर्दै

एएफसी यू-१७ महिला एसियन कप छनोटमा नेपालले आज पहिलो खेलमा तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

बुधबार खेल थाइल्यान्डको चोनबुरी स्टेडियममा नेपाली समय अनुसार ५:१५ बाट सुरु हुनेछ। नेपाली टोली एसियन कपमा छनोट हुने लक्ष्य लिएर थाइल्यान्ड पुगेको छ।

यसपछि नेपालले घरेलु टोली थाइल्यान्डसँग दोस्रो खेल खेल्ने छ।

प्रकाशित: २९ आश्विन २०८२ १२:२७ बुधबार