खेल

इरानले विश्वकपबाट नाम फिर्ता लिएको सूचना प्राप्त छैनः एएफसी

एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ बाट  इरानले आफ्नो राष्ट्रिय फुटबल टोलीको नाम फिर्ता लिएको कुनै सूचना प्राप्त नभएको बताएको छ।

अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध हवाई आक्रमण सुरु गरेपछि इरानका खेलकुद मन्त्रीले इरानले विश्वकपमा भाग लिन असम्भव भएको बताएका थिए।  

इरानले संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा दुई समूह खेल र सियाटलमा एउटा खेल खेल्ने तालिका छ।

'यो एकदमै भावुक क्षण हो। सबैले धेरै कुरा भनिरहेका छन्,' एएफसीका महासचिव विन्डसर जोनले सोमबार क्वालालम्पुरमा पत्रकारहरूसँग भने, 'अन्ततःयो संघले नै निर्णय गर्नुपर्छ, उनीहरू खेल्ने कि नखेल्ने भनेर। आज संघले हामीलाई उनीहरू विश्वकप खेल्दैछन् भनेर भनेको छ.'  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता इरानलाई विश्वकपमा स्वागत छ तर आफ्नो  सुरक्षा आफैले गर्नुपर्ने बताएका थिए।

प्रकाशित: ३ चैत्र २०८२ १२:०८ मंगलबार