एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा जापानले नेपालसामु ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनायो। जापानका लागि बियान्का शिनोले अविजित ३८ रन बनाइन् भने अयाने साकुराबाले १० रनको योगदान दिइन्।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै जापानलाई ठूलो स्कोर बनाउन दिएनन्। कृष्मा गुरुङले ३ ओभरमा मात्र ६ रन खर्चेर २ विकेट लिइन् भने रिया शर्माले ४ ओभरमा २३ रन दिएर २ विकेट हात पारिन्।
अब सेमिफाइनल यात्रा तय गर्न नेपालले निर्धारित २० ओभरमा ८७ रन बनाउनुपर्नेछ। नेपालको इनिङ्स सुरु हुन बाँकी रहेको छ।
प्रकाशित: ३१ असार २०८३ १३:३६ बुधबार