खेल

एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाले दियो १०४ रनको लक्ष्य

एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा आयोजक मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ।

बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको खेलमा मलेसियाले नेपालविरुद्ध १०३ रन बनाउँदै सामान्य लक्ष्य दिएको हो। टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो।

कप्तान सैयद अजिजले ३०, अकिल वहिदले २४, विरनदीप सिंहले १४ तथा श्याहदत रम्लीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करण केसीले चार तथा ललित राजवंशीले दुई विकेट लिए भने सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिन सफल भए।

नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो। जारी प्रतियोगितामा नेपाल र मलेसिया लगातार दोस्रो जितको खोजीमा छन्।

प्रकाशित: १८ भाद्र २०८३ १०:०५ बिहीबार