नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला एटीपी च्यालेन्जर टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने ऐतिहासिक अवसरको नजिक पुगेका छन्।
अभिषेकले आज जापानका युता कावाहाशीविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। यो खेलसँगै उनी एटीपी च्यालेन्जर टुरमा खेल्ने पहिलो नेपाली टेनिस खेलाडी बन्नेछन्।
नेपाली टेनिसका लागि महत्वपूर्ण मानिएको यस अवसरमा अभिषेकले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्नेछन्। उनको खेलप्रति नेपाली टेनिस समर्थकको समेत विशेष चासो रहेको छ।
प्रकाशित: २१ भाद्र २०८३ ०८:५५ आइतबार