आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ।
मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो। पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए।
इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गरेको थियो। इंग्ल्यान्डका लागि साम करनले चार ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए।
अदिल रासिद र क्रिस जोर्डनले दुई-दुई विकेट लिए भने बेन स्ट्रोक्सले एक विकेट लिएका थिए। पाकिस्तानका लागि सान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए।
प्रकाशित: २७ कार्तिक २०७९ ०९:५८ आइतबार