खेल

च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडकाे फराकिलो जित

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले सेल्टिकविद्ध फराकिलो जित निकालेको छ।

बुधबार राति भएको खेलमा रियलले सेल्टिकलाई ५-१ गोल अन्तरले हराएको हो। रियलको जितमा लुका मोड्रिच, रोड्रिगो, मार्को एसेन्सियो, भिनियस जुनियर र फेडेरिको भालभर्डेले एक एक गोल गरे। सेल्टिकका जोटाले एक गोल फर्काए।

मोड्रिचले छैटौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाए। यस्तै २१ औं मिनेटमा रोड्रिगोले पनि पेनाल्टी गोल गर्दै दोब्बर गोल अन्तर बनाए।

एसेन्सियोले ५१ औं मिनेटमा गोल गरे भने भिनियस जुनियरले त्यसको १० मिनेट पछि गोल गरे। ७१ औं मिनेटमा भालभर्डेले गोल गर्दै टोलीलाई ५-० फराकिलो गोल अन्तरले अघि बढाए। तर सेल्टिकका जोटाले ८४ औं मिनेटमा एक गोल फर्काए।  

जितसँगै रियल समूह 'एफ' को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। रियलले ६ खेलमा १३ अंक जोड्यो। यस समूहबाट आरबी लाइपजिगले समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

प्रकाशित: १७ कार्तिक २०७९ ०५:२६ बिहीबार

च्याम्पियन्स लिग फुटबल