खेल

महासचिवमा छन्त्यालको दाबी

नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले भदौ २२ हुने निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर उनले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

बागलुङ प्रदेश प्रतिनिधिको रूपमा संघमा स्थान बनाउँदै आएका छन्त्याल हाल भलिबल संघको सचिव पदमा छन्। यसअघि २०६९ मा भएको निर्वाचनमा उनी सदस्य चुनिएका थिए।

ढोरपाटन प्रशिक्षण केन्द्रका अध्यक्ष समेत रहेका छन्त्यालले महिला डबल लिगको आयोजना गर्दै आएका छन्। संघमा ६ वर्ष बिताएका छन्त्यालले एक पद, एक ग्राउन्ड, एक रेफ्री, एक प्रतियोगिता, एक कोच, एक टिम भन्ने नाराका साथ उम्मेदवारी घोषणा गरेका हुन्। 

प्रकाशित: १० भाद्र २०७९ ०२:२७ शुक्रबार

नेपाल भलिबल संघ महासचिव पदमा उम्मेदवारी घोषणा