खेल

खेलाडीलाई प्रशिक्षक अल्मुताइरीको सुझाव: हारलाई बिर्सेर आगाडि बढ्नु

फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले साफ यु-२० को यात्रा सकारात्मक र नकारात्मक बिन्दुमा समाप्त भएको बताएका छन्।

उनले खेल हारे पनि भविष्यका प्रतिभाशाली खेलाडीहरुलाई जितेको बताए। 'हार्नु भन्दा पनि सबै भन्दा महत्वपूर्ण कुरा हामीले हाम्रो फुटबलको भविष्यको लागि उत्कृष्ट गर्न सक्ने महान युवा प्रतिभा खेलाडीहरु लाई जिताउनु हो' उनले भने।

अल्मुताइरीले यु-२० का खेलाडीसँग छिट्टै काम गर्न उत्साहित भएको बताएका छन्। साथै  नकारात्मक भावनाहरू बिर्सिएर गल्तीहरूबाट सिक्दै, सुधार गर्नमा ध्यान केन्द्रित गर्न समेत आग्रह गरेका छन्।

प्रकाशित: १८ श्रावण २०७९ ०७:२१ बुधबार