खेल

सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण

फाइल तस्बिर।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको जानकारी दिएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले सामाजिक संजालमा लेखेका छन् ।

प्रकाशित: १३ मंसिर २०७७ ०१:४१ शनिबार

कोरोना भाइरस संक्रमण सन्दीप लामिछाने