खेल

सन्तुलित अभ्यासले स्वस्थ शरीर

युवा पुस्तामा खेलकुद निकै लोकप्रिय भए पनि पछिल्लो समय सबै वर्गप्रति यसको चासो र संलग्नता अप्रत्यक्ष रूपमा बढिरहेको पाइन्छ। जोकोही पनि स्वस्थ र आकर्षक हुन मन पराउँछ। त्यसमा पनि युवा पुस्तामा त झन् आफूलाई फिट राख्न कयौं कार्य भइरहेका हुन्छन्। तथापि, युवादेखि वृद्धसम्म वास्थ्यप्रतिको ध्यान उतिकै मात्रामा रहनेमा दुई मत नै छैन। त्यसैले होला खेल खेल्ने, शारीरिक व्यायाम, विहानीबेलुका दौडने या फिटनेसतर्फ आकर्षित हुने क्रम विशेषगरी सहरकेन्द्रित क्षेत्रमा अलि बढी नै छ।  

स–साना बालबालिका रहरले खेलकुदतर्फ आकर्षित हुन्छन् भने बौद्धिक वर्ग प्यासन र शरीरलाई तन्दुरुूत राख्न फिटनेस या शारीरिक व्यायाम गर्ने गर्छन्। उज्यालो चेहरा, तन्दुरुस्त शरीर सबैको रोजाइ हो। त्यसैले मानिस सधैं स्वस्थ र आकर्षक बन्न विभिन्न उपायहरू अपनाउने गर्छन्। शरीरलाई फिट बनाइराख्न धेरै कुरामा ध्यान दिनुपर्छ। यी सबै पक्ष तब सम्भव हुन्छ, जब मानिसहरू कर्म गर्छन् या शरीर स्वस्थ राख्न आवश्यक पर्ने अभ्यास अथवा अन्य उपायहरूको प्रयोग छ। खेलकुद एउटा यस्तो माध्यम हो, जसले मानिसलाई प्यासनसँगै स्वस्थ शरीर निर्माण गर्न सहयोग पु-याउँछ भने सँगै ख्याति कमाउने माध्यम पनि बन्छ। दैनिक १० हजार पाइला हिँड्ने एउटा मानिस स्वस्थ नागरिक बन्न सक्दछ।  

तर, दैनिक शारीरिक कर्म गर्ने मानिसका लागि यो एउटा सरल माध्यम बन्न सक्दछ। सबै मानिसका लागि यो सहज हुँदैन। एक समय मुस्किलले देशभरि डेढ सयको हारहारीमा रहेका सुविधा सम्पन्न हेल्थ क्लबहरू अहिले साढे चार सय नाघ्नुले पनि पछिल्ला समय मानिसहरू आफ्नो स्वास्थ्य र फिटनेसप्रति धेरै सजग हुँदै आएको बुझ्न सकिने शारीरिक सुगठन तथा फिटनेस क्षेत्रमा काम गर्दै आएका दिनेश राजभण्डारी बताउँछन्। उनले थपे, ‘३५ वर्षदेखि यो क्षेत्रमा काम गरिरहेको छु। हिजो अस्तिसम्म सुविधासम्पन्न किसिमका थोरै मात्र हेल्थ क्लब थिए, अहिले धेरै साढे चार सय हारहारी नाघिसकेका छन्।’

खेलकुद एउटा यस्तो माध्यम हो, जसले मानिसलाई प्यासनसँगै स्वस्थ शरीर निर्माण गर्न सहयोग पु-याउँछ भने सँगै ख्याति कमाउने माध्यम पनि बन्छ । दैनिक १० हजार पाइला हिँड्ने एउटा मानिस स्वस्थ नागरिक बन्न सक्दछ । 

यो अनुपातले माग भएकै कारण सञ्चालनमा आएको देखिन्छ र मानिसहरू आझै पनि स्वस्थप्रति सजग बन्दै गएको बुझ्न सकिन्छ। तर, जनसंख्याका हिसाबले अझै हेल्थ क्लब पुगेको छैन। ‘सामान्य अवस्थामा दैनिक ढेढ दुई सय हारहारीमा मानिस एउटा राम्रो जिम हल या फिटेनस सेन्टरमा जाने गर्छन्। देशभरमा सुविधा सम्पन्न किसिमका साढे चार सय हारहारीमा हेल्थ क्लब होलान्। औसत अनुपात करिबकरिब ८० हजार मानिस दैनिक हेल्थ क्लब जान्छन्। काठमाडौंमा मात्र करिब ५२ लाख जनसंख्या छ, त्यस हिसाबले अझैं हेल्थ क्लब आवश्यक मात्रामा छैन,’ राजभण्डारीले भने।

पहिले तुलना मानिस निकै हेल्थ कन्सियस भएको उनी बताउँछन्। मानिसहरू नेट इन्टरनेट हेरेर टेक्निकसहित दैनिक अभ्यास गर्ने, योगा गर्ने, व्यायाम गर्ने या अन्य शारीरिक अभ्यासका कार्यहरू गर्ने क्रम बढ्दो छ। स्वस्थ रहन हेल्थ क्लब नै जानुपर्छ भन्ने छैन, हामीले जहाँ जसरी पनि शरीरलाई चलायमान बनाउनुपर्छ। यदि हामी शरीरलाई आकर्षक बनाउने हेतुले कडा अभ्यास या फिटनेस गर्छौं भने त्यससँगसँगै सोही मात्रामा डाइट पनि खानुपर्दछ। ‘शारीरिक सुगठनमा एउटामा सिद्धान्त नै छ, ७० प्रतिशत खाना हो भने जिम ३० प्रतिशत मात्र हो,’ उनी भन्छन्।  

जिम गर्ने मानिसले हरेक पक्षमा सन्तुलन गर्न आवश्यक हुन्छ। तपार्इं ह्याभी वर्कआउट या जिम गर्नुहुन्छ भने सँगै पावर पनि गेन गर्नुहुन्छ। घरमा गएर खाना फेरि टन्न खानुहुन्छ भने तौल पनि बढ्दै जान्छ। यही अभ्यास गरेर खानामा पनि सन्तुलन गर्छौं भने तौल नियन्त्रणमा बस्छ र सँगै निरोगी हुने सम्भावना पनि बढ्छ। यो नियमप्रति हरेक प्रोफेसनल खेलाडीका साथै आममानिसले ध्यान पु¥याउनुपर्छ। ‘एउटा कारिगरले मूर्तिलाई आकर्षक बनाउन कयौं किसिमका प्रयत्न गरेको हुन्छ। सोहीअनुरूप एउटा मानिसले पनि आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नेकाम उसैमा निर्भर रहन्छ,’ उनी भन्छन्।

यदि तौल घटाउने तवरबाट कोही कसैले योजना बनाए भने नुन, प्रोटिन र अन्य फ्याटीय तत्वहरूलाई सन्तुलन गर्नुपर्ने उनको भनाइ छ। एउटा सामान्य मानिसले आफ्नो प्रेसर, डाइबेटिसन या युरिक ऐसिडलाई कन्ट्रोल गर्ने उद्देश्य छ भने ४५ मिनेटदेखि एक घण्टाको अभ्यास पर्याप्त हुन्छ र साथै खानपान पनि ध्यान दिनुपर्छ। एउटा बडिबिल्डर छ सात महिनासम्म खानै नखाएर पनि प्रतिस्पर्धाका लागि आफूलाई तयार गरेको उदाहरण दिँदै उनले मानिसको इच्छाशक्ति भए स्वस्थ शरीर हुने बताउँछन्। 

प्रकाशित: २१ श्रावण २०७७ ०५:४२ बुधबार

सन्तुलित अभ्यास स्वस्थ शरीर