खेल

डेब्यू खेलमै कुशलको कीर्तिमान

काठमाडौं - कुशल मल्ल एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो उमेरको खेलमाडी बनेका छन्। अमेरिविरुद्धको डेब्यू खेलमै कुशलले उक्त रेकर्ड आफ्नो नाममा बनाएका हुन्। १५ वर्ष ३४० दिनका कुशलले आफ्नो नाममा नयाँ  रेकर्ड कायम गरेका हुन्। कुशलले ४९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५० रन पूरा गरे।

यसअघि नेपालका रोहित कुमार पौडेलले १६ वर्ष १४६ दिनमा यूएईविरुद्धको खेलमा ५८ बलमा ५५ रन बनाउँदै रेकर्ड बनाएका थिए।

प्रकाशित: २५ माघ २०७६ ०७:०७ शनिबार

कुशल_मल्ल अर्धशतक एकदिवसीय_क्रिकेट रोहित_कुमार_पौडेल