खेल

नेपालको सपना अधुरै, पेनाल्टीमा उज्वेकिस्तानसँग पराजित

एएफसी महिला एसियन कप २०२६ मा छनोट हुने नेपालको सपना अधुरै रहेको छ।

शनिबार राति भएको रोमाञ्चक फाइनलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको हो।

निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। तर, पेनाल्टीमा नेपाल दुर्भाग्यशाली बन्यो र एसियन कपमा छनोट हुने ऐतिहासिक अवसरबाट चुक्यो।

यसअघि, खेलमा नेपालले अविश्वसनीय पुनरागमन गर्दै समर्थकहरूको मन जितेको थियो। ३-१ ले पछि परेको अवस्थाबाट कप्तान सावित्रा भण्डारीले सनसनीपूर्ण ह्याट्रिक पूरा गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन्।

यो हारसँगै नेपालको एसियन कप खेल्ने सपना यसपटकका लागि समाप्त भएको छ।

प्रकाशित: २१ असार २०८२ २३:३३ शनिबार

#NepaliNews