खेल

साम्बालाई ‘ट्याकल’ महँगो, उज्वेकिस्तान १० खेलाडीमा सीमित

<br>

एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा उज्वेकिस्तान १० खेलाडीमा सीमित भएको छ।

नेपाली कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई ट्याकल गरेपछि उज्वेकिस्तानकी खेलाडी एन. एर्गासेभाले रातो कार्ड खाँदै मैदान छाडेकी हुन्।

पहिलो हाफको अन्तिम समयमा रेफ्रीले एर्गासेभालाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

खेलमा ३-१ ले पछि परेको नेपालका लागि एर्गासेभाको रातो कार्ड दोस्रो हाफमा पुनरागमन गर्ने बलियो अवसर हो।

प्रकाशित: २१ असार २०८२ २२:१७ शनिबार

#NepaliNews