खेल

साम्बाको सानदार गोल

फाइल।

सुरुवातमै दुई गोल खाएर दबाबमा परेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानविरुद्ध गोल फर्काएको छ।

खेलको २४औं मिनेटमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा फर्काएकी हुन्।

एसियन कप छनोटको निर्णायक खेलमा सुरुवाती ११ मिनेटभित्रै दुई गोल बेहोरेको नेपालका लागि यो गोलले ठूलो राहत दिएको छ।

कप्तान साम्बाको यो गोलसँगै नेपालले खेलमा पुनरागमनको बलियो संकेत गरेको छ र खेल २-१ को रोमाञ्चक स्थितिमा पुगेको छ।

प्रकाशित: २१ असार २०८२ २१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App