खेल

नेपाली राष्ट्रिय महिला टोलीको कप्तानमा 'साम्बा'

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी 'साम्बा'लाई दिइएको छ ।  

नियमित कप्तान अन्जिला तुम्बाम सुब्बालाई उक्त जिम्मेवारीबाट हटाउँदै सावित्रालाई सो जिम्मेवारी दिएको हो ।  

अखिल नेपाल फुटबल सङ्घले यसअघि नै नियमित कप्तान एन्जिलाको स्थानमा नयाँ कप्तान चयन गर्ने संकेत गरेको थियो । उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा आइतबार लाओससँग प्रतिस्पर्धा गर्नुअघि एन्जिलालाई उक्त जिम्मेवारीबाट हटाइएको हो ।  

नेपालको गोल पोस्टको जिम्मेवारी पनि अन्जना राना मगरलाई दिएको छ । यसअघि एन्जिला नै नेपालको नियमित कप्तान तथा गोलकिपर थिइन् ।  

नेपालले अहिले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ । 

*यसअघिको समाचारमा भुलबस नेपाली राष्ट्रिय महिला टोलीको कप्तानमा रेनुका नगरकोटी हुन गएकोमा सच्याइएको छ । 

प्रकाशित: १५ असार २०८२ १८:२६ आइतबार

#NagarikNews #NepaliNews #NepaliFootball