खेल

एसीसी क्रिकेटः जापानविरुद्ध बलिङमा नेपाल

एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आजको खेलमा जापानविरुद्ध बलिङ गर्दै छ।

जापानले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।

लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले आज जापानसँग मैदानमा उत्रिएको हो। यो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा सुरु भएको छ।

नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दै छन्।  

नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो। 

विपिनप्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदानमा छन्।

प्रकाशित: १० असार २०८२ ०७:२९ मंगलबार

#NepaliNews #NagarikNews