नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृङ्खला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको आधिकारिक घोषणा गरेको हो।
क्यानको आयोजनामा हुने यो शृङ्खला संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछ।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस शृङ्खलालाई नेपाली क्रिकेट यात्राको एक ‘ऐतिहासिक कोसेढुङ्गा’ को रूपमा वर्णन गरिएको छ।
नेपालले पहिलो पटक आईसीसी क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजसँग द्विपक्षीय टी-२० शृङ्खला खेल्न लागेको हो।यस अघि नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा नै खेलेको थियो ।
खेल तालिका
स्थान: शारजाह क्रिकेट स्टेडियम, युएई
पहिलो टी-२० आई: २७ सेप्टेम्बर
दोस्रो टी-२० आई: २८ सेप्टेम्बर
तेस्रो टी-२० आई: ३० सेप्टेम्बर
प्रकाशित: २९ जेष्ठ २०८२ १८:०३ बिहीबार