खेल

पावरप्लेमै दुई विकेट गुमाएपछि दबाबमा नेपाल

स्कटल्यान्डमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ। जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोली सुरुवाती दबाबमा परेको छ।  

पावरप्ले(०–१० ओभर)को खेल सकिँदा नेपाल दबाबमा छ। ओपनरद्वय कुशल भुर्तेल(१८ रन) र अनिल साह(२ रन)को विकेट गुमाउँदा नेपाल दबाबमा परेको हो।  

अहिले १० ओभरको खेल सकिँदा नेपाल ३७ रनमा खेलिरहेको छ।

प्रकाशित: २७ जेष्ठ २०८२ १६:४२ मंगलबार

#Nepali Cricket Team #NagarikNews