ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनमा महिला एकलतर्फको उपाधि अमेरिकाकी कोको गोफले जितेकी छन्।
फाइनलमा शीर्ष वरीयताकी एरिना सबलेन्कालाई २-१ को सेटमा पराजित गर्दै २१ वर्षे गौफले पहिलोपटक क्ले कोर्टमा उपाधि उचालेकी हुन्।
यो उनको दोस्रो ग्राण्डस्लाम उपाधि हो। उनले सन् २०२३ मा युएस ओपनको उपाधि जितेकी थिइन्।
पहिलो सेट ७-६ ले बेलारूसी सबलेन्कालाई सुम्पिएकी दोस्रो वरीयताकी गौफले दोस्रो सेट ६-२ र तेस्रो सेट ६-४ ले जितिन्।
पुरूष एकल तर्फको उपाधिका लागि आइतबार शीर्ष वरीयताका इटलियन जानिक सिनर र दोस्रो वरीयताका स्पेनी कार्लोस अल्कारेजबीच खेल हुनेछ।
प्रकाशित: २४ जेष्ठ २०८२ २३:२७ शनिबार