खेल

नेपाल फुटबल टोली र हङकङबिच प्रतिस्पर्धा हुँदै

नेपाली फुटबल टोलीले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै छ।

नेपाली टोलीले आज हङकङविरुद्धको हुने मैत्रीपूर्ण खेल र त्यसपछि लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि प्रतिस्पर्धा हुने छ।

जसअनुसार नेपालले जुन ५ मा हङकङसँग खेल्ने छ भने जुन १० मा लाओससँग छनोट खेल खेल्ने छ।

राष्ट्रिय टोली गत मंगलबार हङकङ गएको छ भने सो मैत्रीपूर्ण खेलपछि लाओस जाने छ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सो प्रतिस्पर्धाका लागि नेपाली टोलीको घोषणा यसअघि नै गरिसकेका छन्।

नेपाली टोलीमा को-को छन्?  

अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की,  गिलेस्प्ये जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ

प्रकाशित: २२ जेष्ठ २०८२ ०८:१९ बिहीबार

#football #NagarikNews