पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालकी महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग १-० गोलअन्तरले पराजित भएकी छ।
थाइल्यान्डको ‘क्लोज डोर’ खेलमा नेपालले पहिलो हाफमा थाइल्यान्डलाई गोलरहित बराबरीमा रोक्न सफल भयो। तर, दोस्रो हाफमा थाइल्यान्डले एक गोल गर्दै जित हासिल गर्यो।
नेपाल एएफसी महिला एसियन कप छनोटको तयारी गरिरहेको छ। यसै क्रममा नेपालले थाइल्यान्डविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्नेछ।
प्रकाशित: १६ जेष्ठ २०८२ १९:३५ शुक्रबार