खेल

आइपिएलः लिग चरणको अन्तिम खेलमा बेंगलुरु र लखनऊबीच प्रतिस्पर्धा हुँदै

इण्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको अन्तिम खेलमा रोएल च्यालेन्जर्स बेंगलुरु र लखनऊ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल लखनऊमा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।  

बेंगलुरु यसअघि नै प्लेअफमा पुगिसकेको छ भने लखनऊ लिग चरणबाटै बाहिरिसकेको छ ।  

लखनऊबिरुद्ध जित निकाल्न सके बेंगलुरु शीर्ष दुईमा रहँदै सिधैं क्वालिफायरमा प्रवेश गर्नेछ । १७ अंक भएको ऊ तेस्रो स्थानमा छ । शीर्ष स्थानको पञ्जाव किङ्सले यसअघि नै क्वालिफायरमा स्थान बनाएको छ । जित निकाल्न सके बेंगलुरु पनि समान अंकसहित क्वालिफायरमा पुग्नेछ । 

लखनऊको जितले भने दोस्रो स्थानको गुजरात टाइटन्सको भाग्य चम्कनेछ । यस्तो अवस्थामा १८ अंक भएको गुजरात शीर्ष दुईभित्र पर्नेछ । १६ अंकमा चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले प्लेअफ खेल्नेछ ।  

पहिलो क्वालिफायर बिहीबार हुनेछ । विजेताले सिधैं फाइनलमा स्थान बनाउनेछ । शुक्रबार हुने एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टिमसँग शनिबार दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । फाइलन भने आगामी मंगलबार हुनेछ ।   

प्रकाशित: १३ जेष्ठ २०८२ १७:५६ मंगलबार

#IPL2025 #NagarikNews