इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पञ्जाव किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे जयपुरमा सुरु हुनेछ ।
आजको खेलको विजेता क्वालिफायरमा स्थान बनाउने पहिलो टोली बन्नेछ । पञ्जाव १७ अंकमा दोस्रो र मुम्बई १६ अंकमा चौथो स्थानमा छ । पञ्जाव विजयी भए १९ अंकका साथ क्वालिफायरमा प्रवेश गर्नेछ । मुम्बईले बाजी मारे समान अंक भएपनि शीर्ष स्थानको गुजरात टाइटन्सलाई रनरेटमा पछि पार्दै क्वालिफायर्समा स्थान बनाउनेछ ।
लिग चरणको अन्तिम खेलमा मंगलबार तेस्रो स्थानको रोएल च्यालेन्जर्स बेंगलुरु र लखनऊ सुपर जाइन्ट्सबीच खेल हुनेछ । उक्त खेलमा जित निकाल्न सके बेंगलुरुले क्वालिफायरमा स्थान बनाउने छ । बेंगलुरुको हारले भने गुजरात शीर्ष दुईमा रहँदै क्वालिफायरमा पुग्नेछ । लखनऊ भने यसअघि नै लिगचरणबाटै बाहिरिसकेको छ ।
गुजरात, पञ्जाव, बेगलुरु र मुम्बइले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।
प्रकाशित: १२ जेष्ठ २०८२ १९:०३ सोमबार