म्यानचेस्टर सिटीले प्रिमियर लिगमा बर्नमाउथलाई ३-१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ। यो सँगै बर्नमाउथको युरोपेली फुटबल खेल्ने सम्भावना सकिएको छ।
१४औँ मिनेटमा ओमर मार्मोसको गोलले सिटीलाई अग्रता दिलायो। बर्नार्डो सिल्भाले ३८औँ मिनेटमा गोल थपे। माटेओ कोभासिच र बर्नमाउथका लुइस कुकले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित भए। निको गोन्जालेजले ८९औँ मिनेटमा तेस्रो गोल गरे। ड्यानियल जेब्बिसनले बर्नमाउथका लागि इन्जुरी समयमा सान्त्वना गोल फर्काए।
रोड्री चोटपछि मैदान फर्किए। सिटी ६८ अंकसहित तेस्रो स्थानमा छ र फुलहमविरुद्धको अन्तिम खेलमा १ अंक जोडे शीर्ष ५ मा रहनेछ। क्रिस्टल प्यालेसले उल्भ्सलाई ४-२ ले हरायो। प्यालेस ५२ अंकसहित १२औँ र उल्भ्स ४१ अंकसहित १४औँ स्थानमा छ।
प्रकाशित: ७ जेष्ठ २०८२ ०८:५९ बुधबार