राजस्थान रोयल्सले आईपीएल २०२५ को आफ्नो अन्तिम लिग खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराउँदै सुखद अन्त्य गरेको छ। मंगलबार अरुण जेटली क्रिकेट रंगशालामा भएको खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो। खेलमा चेन्नईले दिएको १८८ रनको लक्ष्य राजस्थानले १७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो। चेन्नईका लागि डेवाल्ड ब्रेभिसले ४२, आयुष म्हात्रेले ४३ र शिवम दुबेले ३९ रन बनाए।
कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा १६ रन जोड्दै टी-२० मा ३५० छक्का पूरा गरे। राजस्थानका युधवीर सिंह र आकाश माधवालले ३-३ विकेट लिए।
राजस्थानको जितमा ध्रुव जुरेलले १२ बलमा ३१ रन बनाएर अविजित रहे। उनले मथिशा पाथिरानाको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाएका हुन्।
वैभव सूर्यवंशीले ५७ र सन्जु सामसनले ४१ रन बनाउँदै ९८ रनको महत्त्वपूर्ण साझेदारी गरे। ओपनर यशस्वी जयस्वालले १९ बलमा ३६ रन जोडे भने रविचन्द्रन आश्विनले २ विकेट लिए।
प्रकाशित: ७ जेष्ठ २०८२ ०६:४७ बुधबार