खेल

भारतले पाकिस्तान सहभागी हुने एसियाली क्रिकेट प्रतियोगिता नखेल्ने

भारतले पाकिस्तान सहभागी हुने कुनै पनि एसियाली क्रिकेट प्रतियोगिता नखेल्ने भएको छ ।

पाकिस्तानसँगको तनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो ।

आगामी महिना श्रीलंकामा महिला इमर्जिङ टिम एसिया कप र सेप्टेम्बरमा पुरुष एसिया कप हुँदैछ । बिसिसीआईको यो निर्णयले सेप्टेम्बरमा भारतमै आयोजना हुने एसिया कप हुने नहुनेमा शंका सुरु भएको छ ।

बिसिसिआई स्रोतलाई उद्दृत गर्दै इन्डियन एक्सप्रेसमा छापिएको समाचारमा भनिएको छ,'यो देशको भावनासँग जोडिएको विषय हो । यसबारे एसीसीलाई पनि जानकारी गराइसकिएको छ ।'

एसिसीको नेतृत्व अहिले पाकिस्तानका मन्त्री समेत रहेका पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले गरिरहेका छन् ।

प्रकाशित: ५ जेष्ठ २०८२ १३:३४ सोमबार

#cricket #india #Pakistan