खेल

आइपिएल : प्लेअफको सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा लखनउ

ईण्डियन प्रियिमर लिग (आइपिएल) क्रिकेटमा सोमबार लखनउ सुपर जाइन्ट्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ७ः४५ बजे लखनउमा सुरु हुनेछ।  

लखनउ १० अंकमा सातौं र हैदरावाद ७ अंकमा आठौं स्थानमा छन्। हैदरावाद यसअघि नै प्लेअफको होडबाट बाहिरिसकेको छ। लखनउलाई भने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ।  

हैदरावादसँग पराजित भए लखनउ पनि प्लेअफमा पुग्न असफल हुनेछ। उसलाई आजको खेलसहित गुजरात जाईन्ट्स र रोएल च्यालेन्जर्स बेंगलुरुसँगको सबै खेल जित्नु पर्नेछ। यसका साथै मुम्बई इन्डियन्सले दुवै खेल र दिल्ली क्यापिटल्सले कम्तीमा एक खेल हार्नुपर्नेछ।  

१८ अंकमा शीर्ष स्थानमा रहेको गुजरात, १७ अंकमा दोस्रो स्थानमा रहेको बेंगलुरु र समान १७ अंकमा तेस्रो स्थानमा रहेको पञ्जाव किङ्सले सुपर फोरमा स्थान पक्का गरेका छन्। आजको खेलमा लखनउ पराजित भए मुम्बई र दिल्लीमध्ये एक टिमले सुपर फोरमा स्थान बनाउनेछन्। शीर्ष पाँचमा रहेका यी टोलीले अब समान दुई खेल खेल्न बाँकी छ।

सुपर फोरको होडबाट डिफेन्डिङ च्याम्पियन कोलकात्ता नाइट राईडर्स पनि बाहिरिसकेको छ। कोलकात्ताको एक खेल बाँकी छ।  

भारतीय टिमका पूर्वकप्तान तथा अहिलेका प्रमुख प्रशिक्षक राहुल द्रविड कोच रहेको राजस्थान रोएल्स ६ अंकमा नवौं र भारतीय टिमका सफल पूर्वकप्तान महेन्द्र सिंह धोनी कप्तान रहेको चेन्नई सुपर किङ्स ६ अंकमा दशौं स्थानमा छन्। उनीहरू पनि लिग चरणमै रोकिएका छन्।

प्रकाशित: ५ जेष्ठ २०८२ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App