खेल

आइपिएल : गुजरात प्लेअफमा पुग्ने पहिलो टोली बन्यो

गुजरात टाइटन्सले आइपीएल २०२५ को प्लेअफमा स्थान बनाएको छ। आइतबार भएको दोस्रो खेलमा टोलीले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गरेको छ। गुजरात यस सिजन प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। गुजरातको यो जितसँगै रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्स पनि प्लेअफमा पुगेका छन्।

दिल्लीको अरुण जेटली रंगशालामा गुजरातले २०० रनको लक्ष्य बिना कुनै क्षति १९ ओभरमा पूरा गर्यो। यो आइपिएलको इतिहासमा विकेट बिनाको सबैभन्दा ठूलो रन चेज हो। साई सुदर्शनले ६१ बलमा अविजित १०८ रन बनाए भने कप्तान शुभमन गिलले ५३ बलमा अविजित ९३ रन बनाए। उनी ७ रनले शतक बनाउन चुके। दुवैले ११४ बलमा २०५ रनको ओपनिङ साझेदारी गरे।

यसअघि दिल्ली क्यापिटल्सले २० ओभरमा ३ विकेट गुमाउँदै १९९ रन बनाएको थियो। उनको तर्फबाट केएल राहुलले ६५ बलमा ११२ रनको अविजित इनिङ खेले।

प्रकाशित: ५ जेष्ठ २०८२ ०६:४३ सोमबार

#Ipl 2025