खेल

नेसनल हस्पिटल र हाप्किडो संघबीच सम्झौता

नेपाल नेसनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ।

सम्झौताअनुसार हाप्किडो संघमा आबद्ध व्यक्ति तथा संस्थाहरूले अस्पतालका विभिन्न सेवामा उल्लेखनीय छुट सुविधा प्राप्त गर्ने संघले जनाएको छ। ‘हाम्रो उद्देश्य केवल उपचार मात्र होइन, खेलकुद र शारीरिक सशक्तीकरणमा समर्पित संस्थाहरूसँग सहकार्य गरेर सामुदायिक स्वास्थ्यलाई अझ मजबुत बनाउने हो,’ नेपाल नेसनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले हस्ताक्षर कार्यक्रममा भने।

नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरले यस सहमतिलाई हाप्किडो खेलाडीहरूको स्वास्थ्य सुरक्षामा ठूलो उपलब्धि भएको बताए। सम्झौता २३ वैशाख २०८२ देखि २२ वैशाख २०८४ सम्म लागू हुनेछ।

प्रकाशित: २४ वैशाख २०८२ ०७:४५ बुधबार

# Khelkud # Nagarik # Nepal National Hospital