इण्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे वाङ्खडेमा सुरु हुनेछ ।
सुरुवात खराब भएपनि पछिल्ला ६ खेलमा लगातार जित निकालेको मुम्बई गुजरातविरुद्ध विजयी हुँदै शीर्ष स्थानमा उक्लने योजनामा छ । ११ खेलबाट १४ अंक भएको मुम्बई तेस्रो स्थानमा छ ।
१० खेलमा ७ मा जित निकाल्दै १४ अंकमा चौथो स्थानमा रहेको गुजरात पनि मुम्बईविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा पुग्ने योजनामा हुनेछ ।
मुम्बई हार्दिक पाण्डेय र गुजरात शुभमन गिलको नेतृत्वमा मैदान उत्रनेछन् । आजको खेलमा विजयी हुने टिम प्लेअफ नजिक पुग्नेछ ।
समान ११ खेल खेलेको रोएल च्यालेन्जर्स बेंगलुरु १६ अंकमा शीर्ष र पञ्जाव किङ्स १५ अंकमा दोस्रो स्थानमा छ ।
प्रकाशित: २३ वैशाख २०८२ १८:४८ मंगलबार