यस सिजनमा एमएस धोनीको कप्तानीमा आफ्नो पहिलो खेल खेलिरहेको चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको छ। चेपक रंगशालामा पहिले ब्याटिङ गर्दै चेन्नईले ९ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। केकेआरले १०.१ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
आईपीएलको १८ औं सिजनमा ५ पटकको च्याम्पियन चेन्नई सुपर किंग्सको फर्म निकै खराब देखिएको छ। टोलीले प्रतियोगितामा लगातार पाँचौं हार बेहोरेको छ। ६ खेलमा मात्र १ जितसहित टोली अंक तालिकामा ९ औं स्थानमा छ।
कोलकाता ६ खेलमा तेस्रो जितबाट ६ अंकसहित शीर्ष ३ मा पुगेको छ।
प्रकाशित: ३० चैत्र २०८१ ०७:१६ शनिबार