खेल

ठेचो डोजो टिम च्याम्पियन

ठेचो डोजोले मंगलबार सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि जितेको छ। ठेचो सर्वाधिक ५ स्वर्ण,  १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बन्यो।

प्रतियोगिता ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजना गरिएको हो। प्रतियोगितामा नरहरिपुर डोजो दोस्रो भयो। नरहरिपुरले ४ स्वर्ण, ४ रजत र ३ कांस्य हात पार्‍यो। तेस्रो स्थानको नगदेश डोजोले ४ स्वर्ण, ४ रजत र २ कांस्य हासिल गर्‍यो।

पाटन दरबार स्क्वायरमा भएको प्रतियोगिताको पुरुषमा आयोजक प्रयागपोखरी डोजोका मोहन माझी तथा महिलामा भक्तपुर नगरपालिकाकी सुयोगी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। पुरुषमा थिमी डोजोका आयुष लामा तथा महिलामा बंगलामुखी डोजोकी अन्ना तामाङ उदीयमान खेलाडी चुनिए।

विजेतालाई पूर्वमन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका– ६ का अध्यक्ष रूपेन्द्रराज शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।  

प्रकाशित: २७ चैत्र २०८१ ०८:२४ बुधबार

# Nagarik # National Sports